
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्मा परी मृत्यु भएका १ हजार ११४ जनाको शव फेला परेको जानकारी दिएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्रै पहिचान भएको बताए। पहिचान खुलेका शव आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइएको उनको भनाइ छ।

पहिचान हुन नसकेका शवलाई कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रधानमन्त्रीले जानकारी दिए।
उनले विपद्मा ज्यान गुमाएका तथा बेपत्ता नागरिकको खोजी, पहिचान र व्यवस्थापनलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको पनि बताए।




