११ भदौ, काठमाडौं । रसुवामा आएको बाढीबाट घाइते भएर काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बाढीबाट घाइते २३ जनालाई ल्याइएको थियो। तीमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् भने १९ जना अझै उपचाररत छन्।

त्यस्तै, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना र छाउनीस्थित अस्पतालमा १ जना उपचाररत रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार गरिएका घाइतेलाई आवश्यकता र अवस्थाअनुसार काठमाडौं ल्याएर उपचारको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय