
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा पछिल्लो समय बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा जारी खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी, विपद् प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने, पुनःस्थापनाको कामलाई गति दिने तथा राजनीतिक दलहरूबीच समन्वय गरेर संयुक्त रूपमा अघि बढ्ने विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।




