
धादिङ । रसुवातर्फबाट त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङका तीनवटा पुलमा क्षति पुर्याएको छ। पुलहरू बगेपछि जिल्लाका विभिन्न क्षेत्रको सडक सम्पर्क प्रभावित भएको छ भने स्थानीय जनजीवनसमेत प्रभावित बनेको छ।
बाढीले गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ जोड्ने फुर्केखोला पुल बगाएको छ। उक्त पुल सदरमुकाम धादिङबेँसी आवतजावतका लागि महत्वपूर्ण भएकाले पुलमा क्षति पुगेपछि सदरमुकामसँगको आवागमनमा समस्या भएको छ।

बुधबार बिहान त्रिशूली नदीमा आएको बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको हो। बाढीको बहावका कारण पुल तथा सडक संरचनामा क्षति पुगेपछि यातायात सञ्चालन प्रभावित भएको छ।
पुल बगेपछि वैकल्पिक मार्गको खोजी तथा क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ। प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।




