१० भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

मंगलबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री शाह प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक संसद्को नियमित प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन लागेका हुन्। सांसदहरूले लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको माग गर्दै आएका थिए।

आजको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८१/८२ को सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने तथा नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ।

यसैबीच, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय