चितवन । चितवनको राप्ती नगरपालिकाबाट प्रहरीले १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

 

सोमबार बिहान राप्ती–१० चिप्लेटीमा गोप्य सूचनाका आधारमा प्रहरीले बा.प्र.०३–०१–०२३ च ५८२८ नम्बरको कार रोकेर जाँच गरेको थियो। कारको डिक्कीमा रातो प्लास्टिक र सेतो टेपले बेरिएका १२ वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेमा कार चालक डिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका छन्। उनीहरूलाई गाँजासहित जिल्ला अदालत चितवनमा उपस्थित गराई चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय