सिरहा । सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

 

नवराजपुर गाउँपालिका–४ नवराजपुर टोलका २८ वर्षीय पशुपती शर्माको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

 

प्रहरीका अनुसार आफ्नै खेतमा जडान गरिएको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर शर्मा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नवराजपुर आधारभूत अस्पताल लगिएको थियो ।

 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय