
वीरगञ्ज । पर्सामा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।

बहुदरमाई नगरपालिका–१ का अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिर विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार भैँसी चराउन गएका अहिर बेपत्ता भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी थालेको थियो। खोजीका क्रममा उनलाई खोलामा डुबेको अवस्थामा मृत फेला पारिएको सशस्त्र प्रहरीका डीएसपी मोहनराज निरौलाले जानकारी दिए।




