काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर–१२ का ३७ वर्षीय नवीन लामा र सल्यान शारदा नगरपालिका–२ का ५० वर्षीय रमेश रेउले रहेका छन्।

 

प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने भन्दै तीन जनाबाट १४ लाख रुपैयाँ तथा रमेशले अमेरिका पठाइदिने प्रलोभन देखाएर एक जनाबाट ३ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत शुक्रबार पक्राउ गरेको हो।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय