
काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ तीनकुने क्षेत्रमा ‘जेन जी चोक’ लेखिएको बोर्ड राख्ने प्रयास गर्ने तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये जेन जी समूहका प्रवक्ता अभिन लिम्बू, सदस्य सुनिल सिंह र पुरुषोत्तम यादव रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसर लगिएको छ।

स्रोतका अनुसार उनीहरूले हिजो साँझ तीनकुने क्षेत्रमा दीप प्रज्वलन कार्यक्रम गर्न अनुमति लिएका थिए। तर, सोही अवसरमा ‘जेन जी चोक’ लेखिएको बोर्ड राख्न खोजेपछि प्रहरीले रोक्दै नियन्त्रणमा लिएको हो।
प्रहरीका एक अधिकारीका अनुसार, “दीप प्रज्वलनको लागि मात्र अनुमति दिइएको थियो। चोकको नाम घोषणा गर्नु अनुमति विपरीतको कार्य भएकाले आवश्यक कानूनी प्रक्रिया अनुसार नियन्त्रणमा लिनुपर्यो।”



