काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्रकाश कार्की पक्राउ परेका छन्।

आफन्तलाई तथानाम गालीगलौज तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई हिजो दिउँसो साँखुबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कार्कीलाई गाली बेइज्जतीको आरोपमा नियन्त्रणमा लिएर हाल बौद्धस्थित प्रहरी कार्यालयमा राखिएको छ।

यद्यपि, उनीविरुद्ध हालसम्म कुनै मुद्दा दर्ता भएको छैन। मुद्दा दर्ता नभइसकेको अवस्थामा उनलाई प्रहरी हिरासतमा राखिएको विषयले कानुनी प्रक्रियाबारे प्रश्नसमेत उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय