काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति तथा भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले काठमाडौंमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।

प्रहरीका अनुसार भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानित गर्ने अभिव्यक्ति दिँदै उनले भिडियो सामग्री बनाएका थिए। विपत्तिका बेला खुशी व्यक्त गरेको देखिने उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकको रिल्समा समेत राखिएको प्रहरीको भनाइ छ।

उक्त सामग्री सामाजिक सद्भाव तथा सहिष्णुतामा आघात पुर्‍याउने प्रकृतिको रहेको आरोपमा प्रहरीले मडैलाई पक्राउ गरेको हो।

पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय