१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीले नदी आसपासका क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ।

बाढीका कारण नदी किनारमा रहेका केही बस्ती तथा भौतिक संरचना प्रभावित भएका छन्। स्थानीय जनप्रतिनिधिका अनुसार स्याफ्रुबेसीदेखि तल्लो क्षेत्रमा भोटेकोशी किनारमा रहेका विभिन्न संरचनामा क्षति पुगेको छ।

बाढीको प्रभावले नदी आसपासका क्षेत्रमा थप जोखिम बढेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ।

हालसम्म बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण सार्वजनिक भइसकेको छैन। घटनाबारे थप विवरण आउने क्रम जारी छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय