६ भदौ, पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटना गत साउन १५ गते दिउँसो भएको हो। पीडित बालिकाका तर्फबाट भदौ ४ गते किटानी जाहेरी परेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

 

प्रहरीका अनुसार आरोपित किशोरले बालिकालाई आफ्नो घरमा लिची खान बोलाएका थिए। सोही क्रममा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

 

जाहेरी प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको थियो। टोलीले आरोपित किशोरलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

 

प्रहरीले घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण संकलन गर्ने काम जारी राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय