विराटनगर । विराटनगरस्थित मोरङ कारागार सोमबार बिहानैदेखि अशान्त बनेको छ। प्रहरीले कारागारभित्र खानतलासी गरेको विरोधमा ‘बी’ ब्लकका कैदीबन्दीले बिहानैदेखि नाराबाजी गरेका छन्।

कैदीबन्दीहरू कारागार भवनको छतमा चढेर नाराबाजी गरेपछि तनावको अवस्था सिर्जना भएको कारागार प्रशासनले जनाएको छ।

कारागारभित्र लागूऔषध लगायतका गैरकानुनी सामग्री रहे–नरहेको जाँचबुझका लागि प्रहरीले खानतलासी गरेको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी प्रमुख एसपी कविता कटुवालसहित जिल्ला सुरक्षा समितिको टोलीको उपस्थितिमा ठूलो संख्यामा प्रहरी परिचालन गरी कारागारमा खानतलासी गरिएको थियो।

प्रहरीले भने उक्त खानतलासीलाई नियमित सुरक्षा निरीक्षणको रूपमा लिएको छ। एसपी कटुवालका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कारागारमा समय–समयमा गरिने नियमित निरीक्षणकै क्रममा खानतलासी गरिएको हो।

यसैबीच, प्रहरी स्रोतका अनुसार केही कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गर्ने तयारीसमेत गरिएको थियो। तर, कैदीबन्दीले नाराबाजी गरेपछि तत्कालका लागि स्थानान्तरणको योजना स्थगित गरिएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय