काठमाडौं । मुस्ताङको जोमसोममा भन्सार जाँचपास नगरी ल्याइएका ८ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ।

घरपझोङ गाउँपालिका–४ स्थित पर्यटक चेकपोस्टमा शनिबार गरिएको जाँचका क्रममा ती कन्टेनरहरू भन्सार यार्डमा चेकजाँच नगराई सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा गरिएको जाँचका क्रममा शंकास्पद देखिएपछि प्रहरीले ८ वटै कन्टेनरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका कन्टेनर र चालकहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय