२६ साउन, रौतहट ।रौतहटको देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा मङ्गलबार दिउँसो डुबेर तीन जना बालबालिका बेपत्ता भएका छन्। दिउँसो करिब २ बजेको समयमा नदीमा नुहाउन पसेका उनीहरू अचानक पानीमा डुबेर हराएको स्थानीय बासिन्दाले बताएका छन्।
नदीमा डुबेर बेपत्ता हुनेहरूमा सबै १० वर्ष उमेरका बालबालिकाहरू रहेका छन्। हराइरहेकाहरूमा सोही ठाउँका शेख अमरे आलमका छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी छोरी रौशन खातुन र शेख ओसी अख्तरकी छोरी सवनम खातुन रहेको खुलेको छ।
घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्कालै खोजी तथा उद्धार कार्य सुरु गरेको छ। प्रारम्भिक उद्धारका लागि इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जना र सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जनाको सुरक्षाकर्मी टोली घटनास्थलमा परिचालन गरिएको छ।
बेपत्ता बालबालिकाको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको विशेष टोली पनि खटाइएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिएका छन्। हाल दुवै सुरक्षा निकायको समन्वयमा नदी क्षेत्रमा तीव्र रूपमा खोजी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय