काठमाडौं । काठमाडौं महानगरपालिका–३२, पेप्सिकोलामा हारजित हुने गरी जुवातास खेलिरहेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार अपराह्न करिब ५ः२० बजे परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख १९ हजार ८४५ रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट तीन बुक तास र १५ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय