काठमाडौँ — सडक सुरक्षामा चुनौती थपिँदै जाँदा पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ भने १०० जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा मधेश प्रदेशका २ जना तथा कोशी र लुम्बिनी प्रदेशका १-१ जना रहेका छन्।
दुर्घटनामा परेर देशभर घाइते भएका १०० जनामध्ये सबैभन्दा ठूलो सङ्ख्या मधेश प्रदेशकै रहेको छ, जहाँ २९ जना घाइते भएका छन्। त्यसैगरी कोशीमा १९, काठमाडौँ उपत्यकामा १५, सुदूरपश्चिममा १४ र कर्णालीमा ११ जना घाइते भई उपचाररत छन्। बागमतीमा ५, लुम्बिनीमा ४ र गण्डकीमा ३ जना घाइते भएको प्रहरीले जनाएको छ। तीव्र गति र असावधानीका कारण सडक दुर्घटना बढेकाले सवारी चलाउँदा पूर्ण सतर्कता अपनाउन प्रहरीले ताकेता गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय