
काठमाडौं । सरकारले चालु आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धि गरेको तलब साउन महिनादेखि नै कार्यान्वयन हुने भएको छ।
साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले तलब, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको हो। बढेको तलब निजामती कर्मचारीसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीमा पनि लागू हुनेछ।

सुरक्षा निकायमध्ये सबैभन्दा बढी तलब प्रधानसेनापतिको रहेको छ। नयाँ व्यवस्थाअनुसार ग्रेडसहित प्रधानसेनापतिले मासिक ९० हजार ५९४ रुपैयाँ पाउनेछन्।
त्यसैगरी नेपाली सेनामा:
- रथी : ८७ हजार ८५ रुपैयाँ
- उपरथी : ८४ हजार ५७६ रुपैयाँ
- सहायक रथी : ७७ हजार २२० रुपैयाँ
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) तथा अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब समान रहनेछ। बढेको तलबअनुसार दुवै निकायका आईजीपी र एआईजीले ग्रेडसहित ८४ हजार ५७६ रुपैयाँ पाउनेछन्।
अन्य प्रहरी अधिकृतहरूको तलब यसप्रकार छ:
- डीआईजी : ७३ हजार ७५० रुपैयाँ
- एसएसपी : ७० हजार ७९४ रुपैयाँ
- एसपी : ६७ हजार ९२ रुपैयाँ
- डीएसपी : ६२ हजार ५४६ रुपैयाँ
- इन्स्पेक्टर : ६० हजार ८७४ रुपैयाँ
सरकारको निर्णयसँगै बढेको तलब साउन महिनादेखि लागू हुने भएको छ। साथै प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था पनि मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यान्वयन गरिनेछ।





