काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ।

सशस्त्र प्रहरी बलका अनुसार आइतबार चन्द्रागिरि–१५ स्थित ढुंगेअड्डा र नैकाप क्षेत्रमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद लागुऔषधको परिमाण र प्रकृतिबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको तथा पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय