काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबीच मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि सिंहदरबारमा औपचारिक वार्ता सुरु भएको छ।

जनकपुरबाट मार्चपास गर्दै काठमाडौं आएका पीडितका प्रतिनिधि र सरकारबीच बिहीबार रातिदेखि नै छलफल जारी रहेको छ। पीडितका माग सम्बोधन गर्दै दीर्घकालीन समाधानको उपाय खोज्ने उद्देश्यले वार्ता अघि बढाइएको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह, भूमि व्यवस्था तथा सहकारी, र अर्थ मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा सहभागी छन्।

पीडित पक्षबाट अवधेश कुशवाह, मनोज पासवान, रिजन राना मगर, किरण परियार, लक्ष्मी घिमिरे र निर्ग नवीन वार्तामा सहभागी रहेका छन्।

दुवै पक्षबीच पीडितका माग सम्बोधन गर्दै सहमतिमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय