काठमाडौं । विभिन्न कम्पनीमार्फत दीपक भट्टले ललितपुरको लामाटार क्षेत्रमा १५६ रोपनी तीन आना जग्गा खरिद गरेको भेटिएको आरोप लगाइएको छ।

आरोपपत्रअनुसार फेवा डेभलपर्स प्रालि, वेगनास डेभलपर्स प्रालि, रिजेन्ट कोर्ट प्रालि, अल्फा डेभलपर्स प्रालि, श्रीनगर डेभलपर्स प्रालि, डेल्टा डेभलपर्स प्रालि, लेखनाथ डेभलपर्स प्रालि तथा कान्तिपुरी रिसोर्ट प्रालिका नाममा उक्त जग्गा दर्ता रहेको उल्लेख छ।

ती कम्पनीहरूमा दीपक भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्स प्रालिको लगानी रहेको देखिए पनि जग्गा खरिदका लागि प्रयोग गरिएको रकमको वैध स्रोत खुल्न नसकेको आरोपपत्रमा उल्लेख गरिएको छ।

आरोपपत्रमा उक्त सम्पत्ति अवैध आर्जनबाट खरिद गरिएको आशंका व्यक्त गर्दै लामाटारस्थित १५६ रोपनी तीन आना जग्गा जफतको मागसमेत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय