काठमाडौं । मिटरब्याजबाट प्रभावित नागरिकका प्रतिनिधिहरू सरकारसँग वार्ता गर्न बिहीबार साँझ सिमराबाट हवाईमार्ग हुँदै काठमाडौं आउँदै छन्।

गृहमन्त्री गुरुङको सचिवालयका अनुसार पीडित पक्षका वार्ता टोलीका सदस्यहरूलाई सिमराबाट काठमाडौंका लागि विमानमार्फत पठाइएको हो।

पीडितहरूले अवधेश कुश्वाहाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेका छन्। समितिमा मनोजकुमार पासमान, रिजन राना मगर, लक्ष्मी घिमिरे र किरण परियार सदस्य रहेका छन्।

यता, मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पनि अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकका माग सम्बोधनका लागि सरकारी वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन्।

सरकार र पीडित पक्षबीच हुने वार्ताबाट मिटरब्याज पीडितका माग सम्बोधन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय