काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय निर्धारण गरेको छ।

मंगलबार सजाय निर्धारण गर्दै अदालतले ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा सोही कसुरमा थप ६ महिनाको कैद सजाय तोकेको हो।

विभिन्न कसुरमा तोकिएको सजायलाई एकीकृत गर्दै अदालतले रायमाझीलाई अन्तिम रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय