चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार केपी खनाल चर्चाको केन्द्रमा रहेका छन्। कैलाली क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा हाल पार्टीका केन्द्रीय सदस्य रहेका खनाललाई युवा नेतृत्वको सक्षम, बौद्धिक, बहुआयामिक र प्रतिभाशाली व्यक्तित्वका रूपमा चिनिन्छ।

पार्टी स्थापना कालदेखि नै संगठन निर्माण, नीति बहस, सुशासन र जनउत्तरदायी राजनीतिको पक्षमा निरन्तर सक्रिय रहँदै आएका खनालले छोटो समयमै पार्टीभित्र आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन्। संसद्भित्र होस् वा जनतामाझ, उनले उठाएका विषय र प्रस्तुत गर्ने शैलीले उनलाई प्रभावशाली युवा नेताका रूपमा स्थापित गरेको समर्थकहरूको भनाइ छ।

सुदूरपश्चिमको कैलालीबाट जननिर्वाचित सांसदका रूपमा उनले जनताका आवाजलाई राष्ट्रिय मञ्चसम्म पुर्‍याउने काम गर्दै आएका छन्। विकास, सुशासन, पारदर्शिता र नागरिक अधिकारका विषयमा स्पष्ट धारणा राख्ने नेताका रूपमा उनको परिचय रहेको छ।

रास्वपाको प्रथम महाधिवेशनले पार्टीको भावी नेतृत्व चयन गर्ने भएकाले यसपटकको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ। यही सन्दर्भमा केन्द्रीय सदस्य पदका उम्मेदवार केपी खनाल अनुभव, वैचारिक स्पष्टता, संगठनात्मक सक्रियता र जनआधारका कारण बलिया दाबेदारका रूपमा उभिएका छन्।

पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वलाई स्थापित गर्न सक्ने क्षमता, नीति निर्माणमा योगदान दिन सक्ने बौद्धिक क्षमता तथा संगठनलाई एकताबद्ध बनाउँदै अघि बढाउने नेतृत्व कौशलका कारण खनालको उम्मेदवारीलाई धेरै कार्यकर्ता र शुभेच्छुकहरूले सकारात्मक रूपमा लिएका छन्।

चितवन महाधिवेशन चलिरहॅदा केपी खनालको उम्मेदवारीप्रति देखिएको उत्साह र समर्थनले उनी रास्वपाको आगामी नेतृत्व संरचनामा महत्वपूर्ण भूमिकामा रहने संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय