पर्सा । वीरगन्जस्थित दियालो होटलबाट जेठ ४ गते पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथिको अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार विभिन्न युट्युब च्यानलमार्फत महिलाहरूमाथि लाञ्छना लगाउने अभिव्यक्ति दिएको तथा नेपाली सेना, नेपाल प्रहरीसहित राज्यका निकायलाई होच्याउने टिप्पणी गरेको आरोपमा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुर अन्तर्गत अभियोग दायर गर्न रायसहित प्रतिवेदन पेश गरिएको हो।

प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत हुने गैरजिम्मेवार अभिव्यक्ति र सार्वजनिक संस्थामाथिको आपत्तिजनक टिप्पणीप्रति कानूनी रूपमा कडाइ गरिने जनाएको छ।

उक्त घटनाबारे थप कानूनी प्रक्रिया जिल्ला सरकारी वकिल कार्यालयमार्फत अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय