काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले खानेपानी तथा सरसफाइ क्षेत्रबारे सक्रिय रूपमा रिपोर्टिङ गर्ने पत्रकार राजेश भण्डारीसहित ६ जना पत्रकारलाई सम्मान गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित महासङ्घको सातौँ वार्षिक साधारण सभाका अवसरमा प्रतिनिधिसभा सदस्य सुशान्त वैदिक ले पत्रकारहरूलाई नगदसहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

सम्मानित हुने पत्रकारहरूमा रातोपाटी डटकमका राजेश भण्डारी, खबर बिन्दुका रोहित श्रेष्ठ, न्युज २४ टेलिभिजनका नारायण पङ्गेनी, शीलापोष्ट डटकमका बटुकराज गिरी, तुल्सीपुर अनलाइनका ओपेन्द्र बस्नेत, वास खबरका पिटी लोप्चन तथा रातोपर्दा डटकमका प्रेम पुन रहेका छन् ।

महासङ्घका अनुसार खानेपानी तथा सरसफाइका विषयलाई प्राथमिकताका साथ उठान गर्दै जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएका पत्रकारहरूलाई सम्मान गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय