काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न जिल्लाबाट ११ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार झापा, पर्सा, मकवानपुर, बाँके, सुनसरी र कास्की जिल्लाबाट उनीहरू पक्राउ परेका हुन् ।

त्यसैगरी प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा बस्दै आएका महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने महोत्तरीकै ३८ वर्षीय समि अहमद पक्राउ परेका हुन् ।

यस्तै, ५४ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–४ बुटाबारी निवासी ६० वर्षीय देवसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित झाडी क्षेत्रमा प्रहरीले करिब २७६ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले शनिबार राति ११ वटा बोरामा राखिएको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय