
काठमाडौं। काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक महिला कैदी फरार भएकी छन्।फरार हुनेमा नुवाकोटको विदुर नगरपालिका घर भएकी २५ वर्षीया सपना तामाङ रहेकी छन् ।
महिला ब्लकमा रहेकी तामाङ शुक्रबार बिहान करिब साढे १ बजे कारागारको कम्पाउन्ड पर्खाल नाघेर भागेकी हुन् ।कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंका अनुसार तामाङ चोरी, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनले झ्यालबाट चढेर पर्खाल नाघ्दै फरार भएको खुलेको छ। यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी तामाङ दुई महिनापछि पक्राउ परेकी थिइन् ।तामाङको खोजिकार्य तिव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





