काठमाडौं । जगदीश खरेल ले आफ्नो विरुद्ध भ्रामक, आधारहीन र कपोलकल्पित समाचार प्रकाशित गरिएको भन्दै कानुनी प्रक्रिया अघि बढाएका छन्। उनले सोमबार प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका हुन्।

सांसद खरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आफ्नो चरित्र र प्रतिष्ठामाथि आघात पुग्ने गरी झुटा समाचार सम्प्रेषण गरिएको बताएका छन्। उनले न्याय प्रणालीप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै सम्बन्धित सञ्चारमाध्यमले सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा आफ्नो खण्डनलाई अघिल्लो समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्नुपर्ने माग गरेका छन्।

‘यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ,’ उनले भनेका छन्, ‘मिडियाको आवरणमा हुने यस्ता गैरजिम्मेवार गतिविधिले समग्र व्यावसायिक पत्रकारिताको छविमा समेत असर पार्छ।’

आफू पनि स्वतन्त्र र व्यावसायिक पत्रकारिताको पृष्ठभूमिबाट आएको उल्लेख गर्दै उनले पत्रकारिताको मर्यादा, विश्वसनीयता र जिम्मेवारी जोगाउन कानुनी कदम चाल्नुपरेको स्पष्ट पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय