
सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सन्तोष रोकाया का अनुसार अध्यक्ष शाहीले एक स्थानीय व्यक्तिलाई दिएको ५ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको थियो ।

उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र सोही क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।



