जनकपुरधाम । महोत्तरी प्रहरीले शंकास्पद अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

रामगोपालपुर नगरपालिका–७ स्थित हरिनमरी–सर्सोल सडक खण्डमा बेवारिसे अवस्थामा रोकिएको डिएल १ सी क्यु ५८६९ नम्बरको कारलाई जाँच गर्दा डिक्कीभित्र लुकाइ राखिएको २० पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको कुल तौल १०१ केजी ६३० ग्राम रहेको छ।

अनुसन्धानका क्रममा भारतको बेतिया घर भई हाल जनकपुरधाम बस्दै आएका ३२ वर्षीय कमलजीत भनिने अनरजित र बर्दिबास–५ का ३५ वर्षीय नन्दलाल बललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवैजनालाई अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति तथा सम्भावित नेटवर्कको खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय