काठमाडौँ — श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई सुर्खेत जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश वसन्तराज जोशीको इजलासले बुधबार कर्तव्य ज्यान मुद्दामा अभियोग पुष्टि भएको ठहर गर्दै खत्रीलाई जन्मकैद सजाय तोकेको हो। साथै अदालतले पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।

अदालतका सूचना अधिकारीका अनुसार अभियोग दाबी पुष्टि हुने पर्याप्त प्रमाण फेला परेपछि उक्त फैसला सुनाइएको हो।

यस फैसलासँगै बहुचर्चित उक्त घटनाले न्यायिक निष्कर्ष पाएको अदालतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय