
काठमाडौँ । मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूमा भइरहेको सेवा प्रवाहको अवस्थालाई अब आफ्नै कार्यकक्षबाट डिजिटल माध्यममार्फत नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था लागू गरेकी छन्।
मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका गुनासाहरू बढ्दै गएपछि सेवा प्रवाहको वास्तविक अवस्था बुझ्न र समस्याहरूको समयमै समाधान गर्न यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको हो। यस प्रणालीमार्फत मन्त्री रावलले प्रत्यक्ष रूपमा सेवा प्रवाहको निगरानी गर्न सक्नेछिन्।

सरकारले यो कदमलाई सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने दिशामा महत्वपूर्ण पहलका रूपमा लिएको छ। नयाँ व्यवस्थाले ढिलासुस्ती र प्राविधिक समस्याहरू घटाउँदै सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।



