
काठमाडौँ । सरकारले विभिन्न क्षेत्रलाई समेट्ने गरी करिब ४० वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। प्रशासनिक स्रोतका अनुसार कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिन यस्तो तयारी गरिएको हो।
स्रोतका अनुसार “केही नेपाल ऐन संशोधन” मार्फत विभिन्न विषय समेट्ने योजना अघि बढाइएको छ। तीमध्ये कतिपय अध्यादेश विकास निर्माणका काममा देखिएका अवरोध हटाउन लक्षित रहेको दाबी गरिएको छ।

यसअघि नै सरकारले दुई वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइसकेको छ भने थप दुई अध्यादेश तयारीको चरणमा रहेका छन्। समग्रमा सरकार तीव्र गतिमा कानुनी संरचना परिमार्जन गर्दै विकास र प्रशासनिक प्रक्रियालाई सहज बनाउने रणनीतिमा देखिएको छ।



