काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएका घटनामा सुरक्षा निकायका पदाधिकारीहरूको भूमिकाबारे अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई सदस्यका रूपमा रहेका छन्।

सरकारले घटनाको यथार्थ तथ्य बाहिर ल्याई जिम्मेवारी निर्धारण गर्ने उद्देश्यले उक्त समिति गठन गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय