ललितपुर, २५ चैत। ललितपुर महानगरपालिका–२, सानेपा सुन्दरीघाटबाट सोमबार दिउँसो प्रहरीले स्रोत नखुलेको नगद ७ लाख ८८ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय देव कुमार लामा, खोटाङ रूपाकोट मझुवागढी नगरपालिका–११ का ४३ वर्षीय पवन तामाङ, सर्लाही बागमती नगरपालिका–१० का ३९ वर्षीय ईन्द्र विक र सर्लाही बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक रहेका छन्।

प्रहरीका अनुसार सानेपा सुन्दरीघाटमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ र थप विवरण पछि सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय