काठमाडौं। नेपाल प्रहरीले सेवाग्राहीमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उजुरी तथा मुद्दा सम्बन्धी जानकारी दिने नयाँ व्यवस्था लागू गरेको छ।

प्रहरीका विभिन्न मुद्दा दर्ता हुने एकाइहरूमा सेवाग्राहीबाट प्राप्त उजुरी, निवेदन, गुनासो तथा जाहेरी दरखास्त दर्ता भएपछि त्यसको प्रगति र कार्यान्वयनको अवस्थाबारे अब सम्बन्धित सेवाग्राहीलाई प्रत्यक्ष जानकारी गराइने भएको हो।

यस व्यवस्था अन्तर्गत सेवाग्राहीहरूले दर्ता गर्दा उपलब्ध गराएको सम्पर्क नम्बरमा प्रहरी कार्यालयबाट फोन गरेर वा SMS मार्फत मुद्दाको प्रगति सम्बन्धी सूचना दिइनेछ। यसले सेवाग्राहीलाई बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने झन्झट घटाउनुका साथै पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

प्रहरीका अनुसार उक्त प्रणालीले नागरिक–प्रहरी सम्बन्धलाई अझ सुदृढ बनाउने, विश्वासको वातावरण निर्माण गर्ने तथा सेवा प्रवाहलाई आधुनिक र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय