काठमाडौं —जिल्ला प्रहरी परिसर काठमाडौंले कलाकार  सागर लम्साल (बले) लाई अभद्र व्यवहार कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार लम्साललाई पक्राउ गरी  जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यसैबीच, उक्त घटनासम्बन्धी सामाजिक सञ्जालमा फैलिएका भ्रामक तथा अप्रमाणित सूचनामा विश्वास नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले आधिकारिक जानकारीमा मात्रै भरोसा गर्न अनुरोध गर्दै अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय