
काठमाडौँ । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले रेस्लर भगवती खड्कालाई पक्राउ गरेको छ।
रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल काठमाडौँको शान्तिनगर बस्दै आएकी खड्कालाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको तस्बिरमा अश्लील टिप्पणी गर्दै सार्वजनिक रूपमा बदनाम गराउने कार्य गरेको आरोप छ।
मंगलबार पक्राउ परेकी खड्कामाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी गिरीले बताएका छन्।



