काठमाण्डौं। वीरगन्जस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवाखेलाएको आरोपमा पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव इलाका प्रहरी कार्यालयपोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेलसहित आठ जनालाई नियन्त्रणमा लिएको छ।

पर्साका प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले भदौ १२ गते राति करिब १०:३०बजे उक्त क्यासिनोमा छापा मारेको थियो। पक्राउ पर्ने अन्य व्यक्तिहरूमा चन्दन सहनी, ओमप्रकाश बैठा, विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह प्रदेशी साह रहेका छन्।

प्रहरीका अनुसार निरीक्षक पौडेल ड्युटी समयमै गाउँपालिका अध्यक्ष यादव स्थानीय व्यवसायीहरूसँगक्यासिनो पुगेका थिए। छापा मार्ने क्रममा प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको सरकारीगाडी (ना. १६८७ स्कर्पियो) समेत नियन्त्रणमा लिएको छ। साथै, घटनास्थलबाट हार्डडिक्स, विभिन्नकागजात, कम्प्युटर सीसीटीभीको डीभीआर बरामद गरिएको छ।

पक्राउ परेका प्रहरी निरीक्षक पौडेल २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादनगरेबापत प्रदेश प्रहरीबाट पुरस्कृत भएका अधिकृत हुन्। प्रहरीकै संरक्षणमा नेपालीहरूलाई क्यासिनो छिराएरजुवा खेलाइएको विशेष सूचनाका आधारमा एसपी भट्टराई आफैँ खटिएर कारबाही चलाएका हुन्। घटनाबारे थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय