सुरक्षा सरोकार । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले आफूलाई ‘मिटरब्याजी’सँग जोडेर सार्वजनिक भएको समाचारप्रति आपत्ति जनाएका छन्। उनले विवादित आर्थिक कारोबार आफ्नो नभई चिनजानका आफन्तसँग सम्बन्धित रहेको दाबी गर्दै त्यसमा आफ्नो नाम जोडेर समाचार बनाउनु नै उचित नभएको बताएका छन्।

काफ्लेका अनुसार आफूले उक्त कारोबारमा रकम लगानी वा असुली नगरेको, बरु सम्बन्धित पक्षलाई समयमै रकम भुक्तानी गर्न र अन्यथा कानुनी प्रक्रियामा जान सक्ने विषयमा जानकारी मात्र गराएको हो।

‘यो विषयमा मेरो चिनजानको आफन्तसँगको कारोबार हो। मैले रकम समयमै दिनुपर्छ, नभए मुद्दा दर्ता हुन्छ भनेको मात्रै हो। बाँकी मसँग सम्बन्धित विषय होइन। मेरो नाम जोडेर समाचार बनाउनुपर्ने विषय नै होइन,’ काफ्लेले भने।

उनले आफूले चिनजानका व्यक्तिको हकमा मात्रै नभई कुनै पनि सेवाग्राहीले आर्थिक विवाद वा लेनदेनसम्बन्धी समस्या लिएर आएमा कानुनी बाटो अपनाउन सुझाव दिने गरेको बताए।

‘चिनजानको मात्रै होइन, कोही पनि सेवाग्राही आएर यस्तो विषय राखेमा मैले भन्ने कुरा यही हो—समयमै रकम तिर्नुपर्छ, समस्या भए कानुनी प्रक्रियामा जानुपर्छ,’ उनले भने।

काफ्लेले आफू प्रहरी सेवामा रहेकाले कसैको व्यक्तिगत आर्थिक कारोबारमा संलग्न रहेको अर्थ लाग्ने गरी समाचार सम्प्रेषण गर्नु गलत हुने बताए। विवादित कारोबारसँग आफ्नो प्रत्यक्ष आर्थिक सम्बन्ध नरहेको दाबी गर्दै उनले आफूलाई बदनाम गर्ने उद्देश्यले विषयलाई ‘मिडिया ट्रायल’को रूप दिइएको हुन सक्ने आशंका व्यक्त गरे।

‘मलाई बदनाम गर्न र लिएको पैसा फिर्ता गर्न नपर्ला भन्ने सोचले निज व्यक्तिले मिडिया ट्रायल गरेको हुन सक्छ,’ काफ्लेले भने।

यसअघि निर्माण व्यवसायी हर्कबहादुर श्रेष्ठसँगको आर्थिक कारोबारलाई लिएर काफ्लेमाथि ‘मिटरब्याज’को आरोप सार्वजनिक भएको थियो। श्रेष्ठले आफूलाई दबाबमा पारेर चेक काट्न लगाइएको आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाएका छन्। उक्त विषयसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेको छ।

तर काफ्लेले श्रेष्ठसँग आफ्नो कुनै व्यक्तिगत आर्थिक लेनदेन नरहेको र विवादित कारोबार आफ्नो प्रत्यक्ष संलग्नतामा नभएको दाबी गरेका छन्।

कानुनी रूपमा समेत आरोप लाग्दैमा कुनै व्यक्तिलाई दोषी ठहर गर्न नमिल्ने भएकाले विवादित कारोबारमा वास्तविक पक्ष को हो, रकम कसले दिएको वा लिएको हो तथा सम्बन्धित व्यक्तिको प्रत्यक्ष संलग्नता कति छ भन्ने विषय प्रमाणका आधारमा टुंगो लाग्नुपर्ने देखिन्छ।

अदालतमा विचाराधीन विषयमा अन्तिम निष्कर्ष न्यायिक प्रक्रियाबाट आउने भएकाले फैसला वा आधिकारिक अनुसन्धानको निष्कर्षअघि कुनै व्यक्तिलाई दोषीका रूपमा प्रस्तुत गर्न नहुने कानुनी मान्यता छ।

आरोपबारे एसपी काफ्लेको स्पष्टीकरण : ‘यो मेरो व्यक्तिगत कारोबार होइन’

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले आफूलाई ‘मिटरब्याजी’सँग जोडेर सार्वजनिक भएको समाचारप्रति आपत्ति जनाएका छन्। उनले विवादित आर्थिक कारोबार आफ्नो नभई चिनजानका आफन्तसँग सम्बन्धित रहेको दाबी गर्दै त्यसमा आफ्नो नाम जोडेर समाचार बनाउनु नै उचित नभएको बताएका छन्।

काफ्लेका अनुसार आफूले उक्त कारोबारमा रकम लगानी वा असुली नगरेको, बरु सम्बन्धित पक्षलाई समयमै रकम भुक्तानी गर्न र अन्यथा कानुनी प्रक्रियामा जान सक्ने विषयमा जानकारी मात्र गराएको हो।

‘यो विषयमा मेरो चिनजानको आफन्तसँगको कारोबार हो। मैले रकम समयमै दिनुपर्छ, नभए मुद्दा दर्ता हुन्छ भनेको मात्रै हो। बाँकी मसँग सम्बन्धित विषय होइन। मेरो नाम जोडेर समाचार बनाउनुपर्ने विषय नै होइन,’ काफ्लेले भने।

उनले आफूले चिनजानका व्यक्तिको हकमा मात्रै नभई कुनै पनि सेवाग्राहीले आर्थिक विवाद वा लेनदेनसम्बन्धी समस्या लिएर आएमा कानुनी बाटो अपनाउन सुझाव दिने गरेको बताए।

‘चिनजानको मात्रै होइन, कोही पनि सेवाग्राही आएर यस्तो विषय राखेमा मैले भन्ने कुरा यही हो—समयमै रकम तिर्नुपर्छ, समस्या भए कानुनी प्रक्रियामा जानुपर्छ,’ उनले भने।

काफ्लेले आफू प्रहरी सेवामा रहेकाले कसैको व्यक्तिगत आर्थिक कारोबारमा संलग्न रहेको अर्थ लाग्ने गरी समाचार सम्प्रेषण गर्नु गलत हुने बताए। विवादित कारोबारसँग आफ्नो प्रत्यक्ष आर्थिक सम्बन्ध नरहेको दाबी गर्दै उनले आफूलाई बदनाम गर्ने उद्देश्यले विषयलाई ‘मिडिया ट्रायल’को रूप दिइएको हुन सक्ने आशंका व्यक्त गरे।

‘मलाई बदनाम गर्न र लिएको पैसा फिर्ता गर्न नपर्ला भन्ने सोचले निज व्यक्तिले मिडिया ट्रायल गरेको हुन सक्छ,’ काफ्लेले भने।

यसअघि निर्माण व्यवसायी हर्कबहादुर श्रेष्ठसँगको आर्थिक कारोबारलाई लिएर काफ्लेमाथि ‘मिटरब्याज’को आरोप सार्वजनिक भएको थियो। श्रेष्ठले आफूलाई दबाबमा पारेर चेक काट्न लगाइएको आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाएका छन्। उक्त विषयसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेको छ।

तर काफ्लेले श्रेष्ठसँग आफ्नो कुनै व्यक्तिगत आर्थिक लेनदेन नरहेको र विवादित कारोबार आफ्नो प्रत्यक्ष संलग्नतामा नभएको दाबी गरेका छन्।

कानुनी रूपमा समेत आरोप लाग्दैमा कुनै व्यक्तिलाई दोषी ठहर गर्न नमिल्ने भएकाले विवादित कारोबारमा वास्तविक पक्ष को हो, रकम कसले दिएको वा लिएको हो तथा सम्बन्धित व्यक्तिको प्रत्यक्ष संलग्नता कति छ भन्ने विषय प्रमाणका आधारमा टुंगो लाग्नुपर्ने देखिन्छ।

अदालतमा विचाराधीन विषयमा अन्तिम निष्कर्ष न्यायिक प्रक्रियाबाट आउने भएकाले फैसला वा आधिकारिक अनुसन्धानको निष्कर्षअघि कुनै व्यक्तिलाई दोषीका रूपमा प्रस्तुत गर्न नहुने कानुनी मान्यता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय