काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले २०८३ साल असार महिनाको “Traffic Police of the Month” बाट प्रहरी निरीक्षक किरण राउतलाई सम्मानित गरेको छ।

कार्यालयले उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी ट्राफिक व्यवस्थापन, सेवामुखी कार्यशैली तथा जिम्मेवारीप्रति देखाएको प्रतिबद्धताको कदर गर्दै प्रहरी निरीक्षक राउतलाई “Traffic Police of the Month” घोषणा गरेको हो।

कार्यालयले जारी गरेको सम्मानपत्रअनुसार निरीक्षक राउतले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, सेवामुखी र प्रविधिमैत्री बनाउन Content Creation, Social Media Handling, Operational Management, कार्ययोजना निर्माण तथा कार्यान्वयन, गुनासो व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि लगायतका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

त्यसैगरी, सरल, स्पष्ट, शिष्ट तथा उत्तरदायी व्यवहार प्रदर्शन गर्दै सडकमा उत्पन्न हुने विभिन्न ट्राफिक समस्या तथा चुनौतीहरूको समयमै समन्वयात्मक र परिणाममुखी ढंगबाट समाधान गर्न सफल भएको मूल्यांकनपछि उनलाई उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेले हस्ताक्षर गरेको सम्मानपत्रमार्फत निरीक्षक राउतलाई सम्मानित गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय