काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

आईजीपी कार्कीसँगै प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि सम्मेलनमा सहभागी हुन बैंकक गएका छन्।

सम्मेलनमा विभिन्न देशका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिबीच क्षेत्रीय सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय