
बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसमार्फत वीरगञ्ज पठाइएको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–६ का दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्य रहेका छन्।
किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामै बिक्री गर्नुपर्ने अनुदानको मल अन्यत्र पठाएको आरोपमा उनीहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




