काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको कोकिनसहित ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूलाई १.५ किलो कोकिन कारोबारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो। विशेष सूचनाका आधारमा गरिएको अपरेसनपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र लागुऔषध कारोबारको नेटवर्कबारे पनि अनुसन्धान केन्द्रित गरिएको ब्यूरोले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय