काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–८ गोठाटारस्थित पहेँलो पुल क्षेत्रबाट एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भएका २३ वर्षीय सन्दीप परियार रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा मङ्गलबार पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्की का अनुसार परियारले हातहतियार लुकाइछिपाइ राखेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो ।

प्रहरीले जाँचका क्रममा बिग्रिएर चल्न नसक्ने बा४ख ५२४१ नम्बरको आइसर गाडीको सिटमुनि लुकाएर राखिएको म्याग्जिनसहितको एक थान पेस्तोल बरामद गरेको जनाएको छ ।

घटनापछि परियारलाई जरूरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय