काठमाडौँ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का २५ वर्षीय बाबु मियाँ र भारत, बिहार घर भएका ३० वर्षीय रोनी भन्ने मोहम्मद अब्दुल्ला रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोका एसपी दुर्गाराज रेग्मीका अनुसार उनीहरूको साथबाट १९१ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय