विराटनगर, वैशाख ८ । मोरङको रतुवामाई नगरपालिका–१ स्थित क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वैशाख ७ गते भारतबाट नेपालतर्फ आउँदै गरेको BR 38 AD 5390 नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा चालक रतुवामाई–१ निवासी मो. आविदले बोकेको झोलाबाट ४४७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका आविदमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय